४ वैशाख २०८३, शुक्रवार

Login
Menu
उषा खड्गीले प्रहरीमा दिइन् पूर्वपति जीपी तिमल्सिनाविरुद्ध जाहेरी

उषा खड्गीले प्रहरीमा दिइन् पूर्वपति जीपी तिमल्सिनाविरुद्ध जाहेरी

काठमाडौं । सञ्चारकर्मी जीपी तिमल्सिनाविरुद्ध पूर्वपत्नी समेत रहेकी पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीले जिल्ला प्रहरी परिसर भक्तपुरमा सोमबार जाहेरी दिएकी छन् ।

डीएसपी प्रकाश जबेगुले अभद्र व्यवहार लगायतका कसुरमा उषाले जीपीविरुद्ध उजुरी दिएको बताए । अभद्र व्यवहार, धम्की र कुटपिटको प्रयास लगायतका आरोप उजुरीमा लगाइएको छ ।

परिसरका सूचना अधिकारीले पनि उजुरी परेको पुष्टि गर्दै प्रक्रिया अघि बढ्ने बताए ।

१७ चैतमा फेसबुकमार्फत उषाले आफूलाई सुरक्षा चाहिएको बताउँदै नयाँ सरकारले आफूलाई न्याय दिनुपर्ने सहितका श्रृंखलाबद्ध फेसबुक स्टाटस लेखेकी थिइन् ।

उनले त्यतिबेला प्रहरी, प्रशासनमा शान्ति सुरक्षा माग्दै उजुरी दिने संकेत पनि गरेकी थिइन् । उनले अंशवण्डाको कुरा उठाउँदै आफूले न्याय पाउनुपर्ने र आफ्नो जीवनमा हस्तक्षेप हुन नहुने बताएकी थिइन् ।

बोलेको पुरा गरेन भने नेता र ज्योतिष उस्तै’ : केदार कार्की

बोलेको पुरा गरेन भने नेता र ज्योतिष उस्तै’ : केदार कार्की

इटहरी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आफूले बोलेको कुरा पुरा गर्न सक्ने नेतृत्वलाई मात्र जनताले विश्वास गर्ने बताएका छन् । सोमवार विश्व ज्योतिष महासंघले इटहरीमा आयोजना गरेको सम्मेलनमा बोल्दै कार्कीले नेताहरूले बोलेजसरी काम नगरेको भन्दै आलोचना खेप्नुपरिरहेको बताएका हुन् । 

‘नेता र ज्योतिष उस्तै हुन् । ज्योतिषले पनि बोलेको पुरा नभएमा उसको विश्वास गुम्छ । नेताको पनि उस्तै हो ।’ कार्कीले भने । नेपाली कांग्रेसका नेता समेत रहेका कार्कीले ज्योतिष विज्ञानलाई नेपालमा अध्यनको क्षेत्र बनाउन सकिने बताउँदै त्यसको नेतृत्व नेपालले लिएकोमा धन्यवाद ज्ञापन गरेका छन् । 

‘ज्ञानलाई कुनै पनि सिमानाले छेक्न सक्दैन । उनले थपे, ज्योतिष त्यस्तो विज्ञान हो, जसको विद्धतालाई कुनै पनि सिमानाले छेक्न सक्दैन ।’

१४ जेठ २०८२, मङ्गलवार read more
गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निश्कर्ष

गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निश्कर्ष

काठमाडौं । माओवादी केन्द्रको आजको बैठकले गृहमन्त्री रमेश लेखकले स्वतन्त्र, निष्पक्ष छानविनका लागि मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेको छ । 

बैठकपश्चात माओवादी केन्द्रको पदाधिकारी बैठकका निर्णय सुनाउँदै प्रवक्ता अग्नि सापकोटाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । 

उनले भने,‘अहिले अध्यागमनमार्फत नेपालीलाई भिजिट भिषामा विदेश पठाउने कार्यमा गृहमन्त्रालयका कर्मचारी जोडिएका भन्ने विषय छन् । सबैतिरबाट आवाज आइरहेको छ । यसमा नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ,’उनले थप भने,‘नेपाली कांग्रेसभित्रैबाट पनि राजीनामा माग भएको छ र हाम्रो पार्टीको बैठकले पनि अव गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानविनमा सहयोग गर्नुपर्छ । पहुँच, प्रभाव र पावर प्रयोग हुनु भएन् । स्वतन्त्र, निश्पक्ष छानविनका लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने हाम्रो पार्टीले निश्कर्ष छ ।’

यस्तै उनले पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र हुलाकी मार्ग केन्द्र अभियानले राष्ट्रिय एकता, जनजीविका लगायतका कुराहरु नयाँ अध्ययन अनुसन्धान गर्नका लागि मजबुत आधारहरु तयार भएको बैठकले निष्कर्ष निकालेको बताए ।

साथै उनले गंगालाल श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीसँग र नेपा राष्ट्रिय पार्टीबीच एकताको  सबै कुरा टुङगोमा पुगेको बताए । 

१४ जेठ २०८२, मङ्गलवार read more

मनोरञ्जन

उषा खड्गीले प्रहरीमा दिइन् पूर्वपति जीपी तिमल्सिनाविरुद्ध जाहेरी

उषा खड्गीले प्रहरीमा दिइन् पूर्वपति जीपी तिमल्सिनाविरुद्ध जाहेरी

काठमाडौं । सञ्चारकर्मी जीपी तिमल्सिनाविरुद्ध पूर्वपत्नी समेत रहेकी पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीले जिल्ला प्रहरी परिसर भक्तपुरमा सोमबार जाहेरी दिएकी छन् ।

डीएसपी प्रकाश जबेगुले अभद्र व्यवहार लगायतका कसुरमा उषाले जीपीविरुद्ध उजुरी दिएको बताए । अभद्र व्यवहार, धम्की र कुटपिटको प्रयास लगायतका आरोप उजुरीमा लगाइएको छ ।

परिसरका सूचना अधिकारीले पनि उजुरी परेको पुष्टि गर्दै प्रक्रिया अघि बढ्ने बताए ।

१७ चैतमा फेसबुकमार्फत उषाले आफूलाई सुरक्षा चाहिएको बताउँदै नयाँ सरकारले आफूलाई न्याय दिनुपर्ने सहितका श्रृंखलाबद्ध फेसबुक स्टाटस लेखेकी थिइन् ।

उनले त्यतिबेला प्रहरी, प्रशासनमा शान्ति सुरक्षा माग्दै उजुरी दिने संकेत पनि गरेकी थिइन् । उनले अंशवण्डाको कुरा उठाउँदै आफूले न्याय पाउनुपर्ने र आफ्नो जीवनमा हस्तक्षेप हुन नहुने बताएकी थिइन् ।

२३ चैत २०८२, सोमवार read more

खेलकुद

विचार

शिक्षा

स्वास्थ्य

अर्थतन्त्र